२०८३ बैशाख २४ गते , विहीबार
झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु
झापा । झापामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ४ का ७५ वर्षीय वृद्ध रहेका छन् । एन्टीजेन टेस्टबाट संक्रमण पुष्टि भएका ती वृद्धको बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
केही दिनदेखि झापामा लगातार कोरोना सङ्क्रमितको मृत्यु हुँदै आएको छ । झापामा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६८ पुगेको छ । यसैबिच बिहीबार झापामा ३० महिला र ३३ पुरुष गरी ६३ जना नयाँ संक्रमित थपिएका थिए ।