२०८३ बैशाख २४ गते , विहीबार
खोप लगाएका एक पुरुषको कोरोनाबाट मृत्यु
झापा । सुनसरीको धरान उपमहानगरपालिका–१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए। उनमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो। पोखरेलका अनुसार ती पुरुष मिर्गौलाका बिरामी रहेका थिए। उनले कोरोनाविरुद्धको खोप लगाएका थिए।