२०८३ बैशाख २४ गते , विहीबार

देशभर थपिए ५५८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १८ गते , मंगलबार
देशभर थपिए ५५८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५८३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ६७४ जनामा गरिएको परिक्षणमा ५ हजार ५८३ जना  संक्रमित भेटिएका हुन्। आज ९ जना संक्रमितको मृत्यु भएको छ। 

यस्तै आज ८ हजार २६७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार