२०८३ बैशाख २४ गते , विहीबार

मोरङमा देखियो बर्डफ्लु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १८ गते , मंगलबार
मोरङमा देखियो बर्डफ्लु

झापा । नेपालमा फेरि बर्डफ्लुको संक्रमण देखापरेको छ।  मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा  बर्डफ्लु रोग (HPAI H5N1)  पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको जनाएका छन्। 

 थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको पनि उनले बताए। ‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते एक जना मानिसको समेत मृत्यु भएको थियो। 

सम्बन्धित समाचार