२०८३ बैशाख २४ गते , विहीबार
कोरोना अपडेट : थपिए ५२९२ संक्रमित, ८ जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा देशभर ५ हजार २९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ८८ जनामा गरिएको परीक्षणमा ५ हजार २९२ जना संक्रमित थपिएका हुन्। त्यस्तै, आज थप ८ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयको विवरणअनुसार आज ८ हजार १९१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित छन्।