२०८३ बैशाख २३ गते , बुधबार
कोरोना संक्रमितभन्दा मुक्त हुने धेरै
झापा । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १४ हजार ५६२ जनामा गरिएको परीक्षणमा ४ हजार ९०४ जना संक्रमित थपिएका हुन्।
यस्तै, आज ६ जना संक्रमितको मृत्यु भएको छ। भने ५ हजार ९२४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन्।