२०८३ बैशाख २३ गते , बुधबार

झापामा १९३२ सक्रिय संक्रमित, १५ जना अस्पताल भर्ना

sajilo news
पार्थ मण्डल
२०७८ माघ १५ गते , शनिबार
झापामा १९३२ सक्रिय संक्रमित, १५ जना अस्पताल भर्ना

झापा  । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसले झापामा निरन्तर मानवीय क्षति गर्न थालेको छ । बिहीबार जिल्लाका एकजना संक्रमितको मृत्यु भएको भोलिपल्ट फेरि अर्का संक्रमितको पनि मृत्यु भएको हो । 

पछिल्लो चौबीस घण्टामा कचनकवल गाउँपालिका वडा नं ६ की ६२ वर्षिया महिलाको मृत्यु भएको हो । उनको बिहीबार बेलुका मेची अस्पतालमा मृत्यु भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी महेश नेपालले जानकारी दिए । उनलाई एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।

यसअघि कमल गाउँपालिका वडा नं १ की ४६ वर्षिया महिलाको ओमिक्रोनले मृत्यु भएको थियो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा बुधबार राति ८।३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई बुधबार नै एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो । योसहित झापामा ओमिक्रोन संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

यसैबीच पछिल्लो पटक झापामा ७२ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ३५ महिला र ३७ पुरुष रहेका छन् । यता शुक्रबारसम्म झापामा सक्रिय संक्रमितको संख्या १९३२ पुगेको छ । त्यसमध्ये २५ जना अस्पताल भर्ना भएका छन् ।


सम्बन्धित समाचार