२०८३ बैशाख २३ गते , बुधबार
कोरोनाबाट झापामा दुई जनाको मृत्यु, थपिए २२४ संक्रमित
झापा । कोरोना रेड जोन झापामा सङ्क्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ । बिर्ता सिटी हस्पिटलमा दुवै सङ्क्रमितको मृत्यु भएको हो । मृतक दुवै पुरुष रहेका छन्.।
बिर्तामोड नगरपालिका २ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो भने सोही हस्पिटलमा इलाम सन्दकपुरका ४६ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तेस्रो लहरको कोरोना संक्रमण सुरु भएयता झापामा योसहित पाँच जनाको मृत्यु भइसकेको छ ।
हालसम्म कोरोना सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या ६६१ पुगेको छ । यसैबिच झापामा सोमबार एकै दिन २२४ जना संक्रमित थपिएका छन् । मेची र कोटी होम ल्याबमा २४७ जनालाई परीक्षण गर्दा १५९ जनालाई संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट ६५ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा हाल ७१६ महिला र ८३७ पुरुष गरी १५५३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये २१ जना अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय
झापाले जनाएको छ
।