२०८३ बैशाख २३ गते , बुधबार

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घद्वारा मेची अस्पताललाई भेन्टिलेटर

sajilo news
पार्थ मण्डल
२०७८ माघ १० गते , सोमबार
अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घद्वारा मेची अस्पताललाई भेन्टिलेटर

झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।

जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ । उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् । रासस

सम्बन्धित समाचार