२०८३ बैशाख २३ गते , बुधबार
२२ जनाले दिए वैदिकमा रगत
भद्रपुर । भद्रपुर- १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रगत दिएका छन् । संस्था स्थापनाको ११ औं वर्ष प्रवेशको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा दुई महिलासहित २२ जनाले रक्तदान गरेका हुन् ।
सहकारीका सचिव द्रोण अधिकारीले उद्घाटन गरेको कार्यक्रम रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष अरुण बस्नेतका अनुसार झापामा देखिएको रगत अभाव घटाउन सानो योगदान स्वरूप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए ।