२०८३ बैशाख २३ गते , बुधबार

विश्वभर एकै दिन ३३ लाखभन्दा बढीमा कोरोना संक्रमण, ८ हजार भन्दा बढीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ ८ गते , शनिबार
विश्वभर एकै दिन ३३ लाखभन्दा बढीमा कोरोना संक्रमण, ८ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमध्ये अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र  इटलीमा १ लाख ७९ हजार रहेका छन्। यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ।

गत २४ घण्टामा ८ हजार १९८ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा २ हजार १९९, भारतमा ४८९, रसियामा ६९२, इटलीमा ३७३, ब्राजिलमा ३९६ र मेक्सिोकोमा २७८ जना रहेका छन्। सोही अवधिमा १५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भएका छन्।  

सम्बन्धित समाचार