२०८३ बैशाख २३ गते , बुधबार

नापी कार्यालय झापामा २५ जना भन्दा बढी सेवाग्राही प्रवेशमा रोक, खोप कार्ड अनिवार्य

sajilo news
पार्थ मण्डल
२०७८ माघ ६ गते , विहीबार
नापी कार्यालय झापामा  २५ जना भन्दा बढी सेवाग्राही प्रवेशमा रोक, खोप कार्ड अनिवार्य

झापा । नापी कार्यालय झापाले सेवा प्रवाहमा कडाई गरेको छ । कोरोना महामारीको कारण सेवा प्रवाहलाई कडाई गरिएको नापी कार्यालय झापाले जनाएको छ ।नापी कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोभिडको लक्षण देखिएकाले सेवा प्रवाहलाई सुरक्षित बनाउन माघ ७ गतदेखि लागु हुने गरि नयाँ व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

नापीमा दैनिक रुपमा पहिले आउने ५० जना सेवाग्राहीलाई मात्र नक्सा प्रिन्टको राजश्व बुझेर नक्सा उपलब्ध गराउने जनाइएको छ । यस्तै, फिल्ड रेखाङकनको राजश्व बुझ्ने कार्यलाई स्थगित गरिएको छ ।कार्यालय प्रवेश गर्नलाई अनिवार्य खोप कार्ड हुनुपर्ने नियम लागु गरिएको छ । एक पटकमा २५ जनाभन्दा बढी सेवाग्राही कार्यालय हाताभित्र प्रवेश गर्न नपाइने नापीका प्रमुख अधिकृत दुर्गा दास महर्जनले जानकारी दिए ।



सम्बन्धित समाचार