२०८३ बैशाख २३ गते , बुधबार

नेपालमा सक्रिय संक्रमित ३० हजार नाघे, आज थपिए ६७३४ जना

sajilo news
पार्थ मण्डल
२०७८ माघ ३ गते , सोमबार
नेपालमा सक्रिय संक्रमित ३० हजार नाघे, आज थपिए ६७३४ जना

झापा । नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। 

परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

सक्रिय संक्रमित ३० हजार नाघे

संक्रमितको संख्या बढ्दै जाने र निको हुने संख्या अत्यन्तै न्यून भएकाले सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। मन्त्रालयका अनुसार हाल ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन्।  तीमध्ये १ हजार ९६ जना संस्थागत र २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।  हाल १ सय २२ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

सम्बन्धित समाचार