२०७८ माघ ५ गते , बुधवार

माओवादी केन्द्र दमक नगर कमिटीले पायो पूर्णता

माओवादी केन्द्र दमक नगर कमिटीले पायो पूर्णता :: Times of Pradesh
दमक । नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्ष रहेको ६८ सदस्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र सङ्गीता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् ।
अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमका बिच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी शपथ गराएको हो ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नव गठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरू कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । समितिको पूर्ण बैठकले अरू ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment