२०८० चैत्र १६ गते , शुक्रबार

मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध

sajilo news
पार्थ मण्डल
२०७८ पौष २८ गते , बुधबार
मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध

(पार्थ मण्डल) झापा । मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको भन्दै नेपाल आदिवासी जनजाति मञ्च कचनकवलले विरोध गरेको छ । कचनकवल गाउँपालिका–५ पाठमारीस्थित नयाँ हाटमा मंगलबार ३०० औं पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा कचनकवल  गाउँपालिका र वडा कार्यालयले  पृथ्वीनारायण शाह पूर्ण कदको शालिक अनावरण गरेको भन्दै नेपाल आदिवासी जनजाति मञ्चका कार्यकारी अध्यक्ष फुलचन्द्र गणेशले बुधवार विज्ञप्ति निकाल्दै घोर विरोध तथा भर्त्सना गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, कचनकवल– ५ नम्बर वडा कार्यालयले मेची स्तम्भ समुद्घाटन कार्यक्रमको नाममा सुनियोजित ढङ्गले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेकोमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ ।

सङ्घीय लोकतन्त्र, गणतन्त्र नेपालको संविधानको मर्म र भावना विपरीत स्थानीय सरकारको यो कदमले समग्र आदिवासी जनजातिहरूको पहिचान माथि प्रहार भएको छ ।  वास्तवमा पृथ्वीनारायण शाहले तत्कालीन समयमा गरेको कथित एकीकरणको क्रममा वर्तमान नेपालको सम्पदाको रुपमा रहेको भूमिपूत्र आदिवासीको भाषा, धर्म, लिपी, संस्कार, संस्कृति, अस्तित्व  र पहिचान समाप्त पार्ने काम भएको थियो । त्यसैले इतिहास सच्याउन जरुरी छ किनकि आज नेपालको आदिवासीहरूको पहिचान सङ्कटमा छ । 


तर, कचनकवल गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय भाषा, धर्म, लिपी, संस्कार, संस्कृति, पहिचानको संरक्षण सम्वद्र्धन गर्ने व्यवस्था भएता पनि कार्यान्वयन मात्र गरेको छैन, सङ्घीयताको मर्म र भावना विपरीत पनि छ । नेपाल आदिवासी जनजाति मञ्चले यहाँका भूमि पुत्र, आदिवासीहरूको भाषा, धर्म, लिपी, संस्कार, संस्कृति, पहिचानको संरक्षण सम्वद्र्धनको निम्ति कचनकवल- ६ बेनियानीस्थित मूल चोकलाई यहाँका सम्पूर्ण आदिवासीहरूको साझा पहिचानको रुपमा स्तम्भसहित हुकाहुकी चोक, बेनियानी नामाकरण गराउन विगत २ वर्षदेखि निरन्तर सङ्घर्षरत रहेता पनि हालसम्म स्थानीय सरकारले कुनै सम्बोधन तथा आधिकारिक निर्णय गरेको छैन , यहाँका आदिवासीहरूको भावना विपरीत मेची स्तम्भ समुद्घाटनको नाममा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेर पाठामारीको विशिष्ट पहिचान समाप्त पार्न खोजिएको छ । 

सङ्घीय लोकतन्त्र र गणतन्त्र व्यवस्था बमोजिम स्थानीय सत्ता पु¥याउने आदिवासीहरूको पहिचान समाप्त पार्न निरन्तर लागि परेकोले कचनकवल गाउँपालिकाको जनविरोध कदमप्रति यस मञ्च घोर विरोध तथा भर्त्सना गर्दछ ।  आदिवासीहरूको पहिचान विरोधी यो स्थानीय सरकारको विरुद्ध आम आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम तथा उत्पीडित समुदाय दृढ सङ्कल्पका साथ हाम्रो अस्तित्व र पहिचान संरक्षण र सम्वद्र्धनको अभियानमा एकजुट भई लाग्न सबैमा यस मञ्च हार्दिक अपिल गर्दछ । 

 

 


सम्बन्धित समाचार