२०८१ माघ २७ गते , आईतबार

मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष २६ गते , सोमबार
मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका १० स्थित धुलाबारीबाट आइतबार साँझ ५ ग्राम ब्राउन सुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । विशेष सूचना पाएको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय विक्रम प्रसाई र ४४ वर्षीय सञ्जय खड्कालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रसाईको भान्सा कोठामा मोबाइलभित्र लुकाइराखेको अवस्थामा प्रहरीले ब्राउन सुगरसहिहत नगद १९ हजार ५ सय, सानो डिजिटल तराजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत झापामा म्याद थप गरी थप अनुसन्धान गर्ने कार्य अघि बढाइएको जनाइएको छ ।

सम्बन्धित समाचार