२०७८ माघ ५ गते , बुधवार

एमाले इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित

एमाले इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित :: Times of Pradesh

इलाम । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा।देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका हुन् । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् ।  जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment