२०७९ श्रावण २३ गते , सोमबार

नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोज्नेसँग कुनै नाता छैन : एमाले अध्यक्ष ओली

sajilo news
पार्थ मण्डल
२०७८ पौष २५ गते , आईतबार
नारायणहिटीभित्र रेस्टुरेन्ट चलाउन खोज्नेसँग कुनै नाता छैन : एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको बताएका छन्।

भद्रपुरस्थित सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘सञ्चारमाध्यममा बोलाएर अन्तरवार्ता दिन लगाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु रु, मेरो त छोराछोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने ज्वाइँ र छोरासँग बिहे बुहारी त हुन्छ नि। यस्तो कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्नु र मेरो ज्वाइँ भने नि किन दिनु त सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन ठेक्का रु’ ओलीले थपे।

बतासले ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको मिडियालाई बताएका थिए। ‘एक सय २० कोष निल्न सक्ने भगवान् हनुमान भन्दा पनि ठूलो एक सय ८० कोष भएका मुख बाउनेहरूले देखीदेखी नारायणहिटी निल्न खोज्यो,’ उनले भने, ‘जनताले कराउन थालेपछि हतारहतार त्यो भत्काउन लगाइयो।’ नेकपा एमाले देशमा चुनाव पर्खिरहेको भन्दै जनादेशबाट परमादेश भएको यो सरकार ‘म्यादी सरकार’ भएको टिप्पणी ओलीले गरे।

‘अब चुनावबाट स्वच्छ र विकसित सरकार एमालेले बनाउँछ र जनताले मतदान गरी सत्तामा पुर्याउँछ,’ उनले भने। निजामती कर्मचारीको विषयमा उनले भने, ‘राष्ट्र सेवक कर्मचारीहरू गैरकानुनी, अधिनायकवादी, लोकतन्त्रविरुद्ध क्रियाकलाप गरिरहेका छन्, त्यस्तो काम नगर्नुहोस् मेरो आग्रह छ। राष्ट्रसेवक कर्मचारी जनताप्रति बफादार भई काम गर्नुपर्ने हुन्छ, भ्रष्टाचार होइन, देश बनाउने अभियानमा जुट्नुहोस्, हामी देश बनाउने अभियानमा छौँ।’

सरकारलाई असहयोग गर्ने काम निजामती कर्मचारीले कहिले गर्न नहुँने भन्दै ओलीले त्यो लोकतन्त्रमा शोभनिए हुने भएकाले त्यसको अन्त्य गर्न सुझाए। ओलीले कमल गाउँपालिका(७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण, तोपगाछी खानेपानी आयोजनाको निरीक्षण र झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए। 

सम्बन्धित समाचार