२०७८ माघ ५ गते , बुधवार

एमाले अध्यक्ष ओली आज गृहजिल्ला आउँदै

एमाले अध्यक्ष ओली आज गृहजिल्ला आउँदै :: Times of Pradesh
झापा  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउन लागेका छन् । ओलीका संसद् प्रतिनिधि एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार अध्यक्ष ओली  नेपाल निजामती कर्मचारी सङ्गठन भद्रपुरको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि आफ्नो निर्वाचन क्षेत्र झापा ५ को कमल गाउँपालिका ७ गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षणको कार्यक्रम छ । कमल गाउँपालिका उपाध्यक्ष वेणु सिवाकोटीका अनुसार त्यसपछि वडा नं २ क्याम्पा स्थित तोपगाछी खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ झिलझिले स्थिति वाटर किङडम पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष  ओली आजै अपराह्न ४ बजे भद्रपुरबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए । 


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment