२०८३ बैशाख २३ गते , बुधबार

नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, आज थपिए ९६८ जना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ पौष २३ गते , शुक्रबार
नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, आज थपिए ९६८ जना संक्रमित

झापा । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। हिजो बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बर मानिसमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो। हिजो बिहीबार ५ सय ४० जनामा संक्रमण देखिएको थियो। 

आज मृत्यु शून्य छ। २ सय ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ। 

सम्बन्धित समाचार