२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए ३९३ नयाँ संक्रमित, तीन जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् ।