२०८१ माघ २ गते , बुधबार

गाँजासहित इटहरीबाट दुईजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष १९ गते , सोमबार
गाँजासहित इटहरीबाट दुईजना पक्राउ

झापा । सुनसरीको इटहरी उप-महानगरपालिका-२० बाट ७२ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय संजिव राईलाई पक्राउ गरिएको हो

आइतबार राति साढे १२ बजे कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका दुई जनाले झोला फाली भागेको प्रहरीले बताएको छ।

उनीहरूलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार