२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : २१६ नयाँ संक्रमित थपिँदा २०९ सङ्क्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ पौष १८ गते , आईतबार
कोरोना अपडेट : २१६ नयाँ संक्रमित थपिँदा २०९ सङ्क्रमणमुक्त
झापा । पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै आज २ सय ९ जना सङ्क्रमणमुक्त भएका छन्। आज २ जना सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ७१ छ। आइसियुमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार