२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : २२० जना थपिँदा २५३ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
कोरोना अपडेट : २२० जना थपिँदा २५३ जना संक्रमणमुक्त

झापा । नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २२० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२५३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  अहिले नेपालमा ४ हजार ८ सय ६४ सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार