२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए २६४ नयाँ संक्रमित, २६० जना डिस्चार्ज
झापा । थप २ सय ६४ जनामा कोरोना (कोभिड १९्र) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ११ हजार २ सय ६५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ जना पुगेको छ ।