२०८१ माघ २ गते , बुधबार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष १२ गते , सोमबार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
झापा । पाँचथरको फाल्गुननन्द गाउँपालिका–२ ईम्बुङका इन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्  ।
पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जीवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाइते भएकी नेम्बाङको बिर्तामोडको बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साँढे ८ बजे मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार