२०८१ माघ २ गते , बुधबार
एटिएम तोडफोड गर्ने एक जना पक्राउ
झापा। मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनवारिमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् । आइतबार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभि पोस्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भइरहेको छ ।