२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए २१९ नयाँ सक्रमित, दुई जनाको मृत्यु
झापा । देशभर आइतबार कोरोना भाइरसका २ सय १९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा २ सय १९ जना संक्रमण पुष्टि भएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ भने २ सय ८३ जना संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन्।