२०८१ माघ २ गते , बुधबार
दमकमा गाँजासहित एकजना पक्राउ
झापा। दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट लागु औषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका- ६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट फाल्गुननन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शङ्कास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी गर्दा पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेब्रा झोलामा ८ किलोग्राम १६० ग्राम लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको छ ।