२०८१ माघ २ गते , बुधबार
महिला सशस्त्रलाई बलात्कार गर्ने एक अधिकृत पक्राउ
झापा । महिला सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।
बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् । जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।