२०८१ माघ २ गते , बुधबार

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

sajilo news
पार्थ मण्डल
२०७८ पौष ९ गते , शुक्रबार
प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार राती अस्पतालबाटै भागेका हुन् । घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरीले जनाएको छ ।

उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको थिए । अस्पतालबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार