२०८१ माघ २ गते , बुधबार

झापामा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ पौष ८ गते , विहीबार
झापामा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ
झापा । अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ९ निवासी ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा उनी ट्रायल दिन आएका थिए । उनलाई ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।  

सम्बन्धित समाचार