२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए २२६ नयाँ संक्रमित, दुई जनाको मृत्यु
झापा । देशभर पछिल्लो समय ७ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट २ जनाको मृत्यु भएको छ।
२ सय ७२ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, काठमाडौं उपत्यकाभित्र ९४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४६, भक्तपुरमा १३ र ललितपुरमा ३५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।