२०८३ असार १५ गते , सोमबार

बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २७ गते , सोमबार
बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा

भद्रपुर । झापाको भद्रपुर ९ स्थित वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । लगभग सात महिनाअघि आगलागी भई मेशिनहरूसमेत जलेर ठुलो क्षति हुँदा ब्रिकेट उत्पादन पूर्ण क्षमतामा हुन सकेको थिएन । उद्योगमा नयाँ मेशिनहरू जडानसहित पुनर्निर्माणपछि आजदेखि विधिवत् रुपमा पूर्ण क्षमतामा उत्पादन शुरु गरिएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए ।

स्थानीय स्तरमै प्रशस्त पाइने कच्चा पदार्थ प्रयोग गरी तयार हुने ब्रिकेटको माग जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर पनि बढ्न थालेको सञ्चालक पराजुलीको भनाइ छ । उद्योग पुनर्निर्माण र नयाँ मेशिनर खरिदमा साडे ५ करोड खर्च भएको सञ्चालक पराजुललिे बताए ।

बाँस, प्लाइउडका खेर जो पतिँगर, उखुका खोस्टा, काठका टुक्रालगायतलाई प्रशोधन गरी तयार हुने ब्रिकेट मुख्य रुपमा चिया उद्योग, इँटाभट्टालगायत इन्धन आवश्यक पर्ने अन्य ठुला उद्योगमा प्रयोग हुन्छ । यसलाई पत्थर कोइलाको विकल्पको रुपमा लिइएको छ भने कोइलाभन्दा सस्तो पनि हुने सञ्चालक पराजुली बताउँछन् । उद्योगबाट अब दैनिक ६० देखि ६५ हजार केजी ब्रिकेट उत्पादन हुने पराजुलीको भनाइ छ ।  

सम्बन्धित समाचार