२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : ३२९ संक्रमणमुक्त हुँदा थपिए २११ जना

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २३ गते , विहीबार
कोरोना अपडेट : ३२९ संक्रमणमुक्त हुँदा थपिए २११ जना

झापा । नेपालमा गत २४ घण्टामा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९७ र १ हजार ४ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा २ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना संक्रमणमुक्त भएका छन्।  हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको छ। जसमध्ये ५ हजार ८ सय ३३ जना होम आइसोलेसन र २ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

सम्बन्धित समाचार