२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३१५ नयाँ संक्रमित, दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २१ गते , मंगलबार
कोरोना अपडेट : थपिए ३१५ नयाँ संक्रमित, दुई जनाको मृत्यु

झापा । नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै नेपालमा ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएका छन्।  योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन्। 

दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन्। यस्तै शून्य संक्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन्। नेपालमा संक्रमण दर १७।६ प्रतिशत छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ। 


सम्बन्धित समाचार