२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : २०५ संक्रमित थपिए, एकजनाको मृत्यु
झापा । देशभर पछिल्लो समय १० हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गर्दा थप दुई सय ५ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४१ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यस्तै, चार सय ३६ जना कोरोना मुक्त भएका छन। हाल देशभर ६ हजार पाँच सय ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।