२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए २३८ नयाँ संक्रमित, ५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १८ गते , शनिबार
कोरोना अपडेट : थपिए २३८ नयाँ संक्रमित, ५ जनाको मृत्यु

झापा । देशभर गत २४ घण्टामा २ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा २ सय २०  र १ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएका छन्। ३ सय ९२ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको छ। तीमध्ये १ सय ६ जनाको आइसियु र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

सम्बन्धित समाचार