२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : आज ६ जनाको मृत्यु, थपिए ३१५ नयाँ संक्रमित
झापा । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। ९ हजार ५ सय ११ जनाको पिसीआर परीक्षण गर्दा २ सय ९८ र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन्। २ सय १ जना निको भएका छन्। हाल मुलुकमा ७ हजार ४५ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये ६ हजार ७ सय १५ जना होम आइसोलेसनमा छन् भने ३ सय ३० जना संस्थागत आइसोलेसनमा छन् । हाल १ सय १० जनाको आइसियु र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।