२०८३ बैशाख २३ गते , बुधबार

‘असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ ३४औँ एड्स दिवसआज मनाइदैँ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १५ गते , बुधबार
‘असमानता हटाऔँ एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ ३४औँ एड्स दिवसआज मनाइदैँ

झापा । आज विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदैछ।  ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४ औँ विश्व एड्स दिवस मनाउन लागिएको हो। नेपालमा ३० लाख बढि एचआइभी संक्रमित रहेका छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकाअनुसार नेपालमा पछिल्लो समय एचआइभी संक्रमण दर घटेकोे छ। 

हिजो केन्द्रले सार्वजनिक गरेको पछिल्लो अध्ययनको तथ्यांक अनुसार संक्रमण दर घटेको पाइएको छ। १० वर्षको अन्तरमा संक्रमणदर ६३ प्रतिशतले घटेको पाइएको हो। सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले संक्रमणदर घटेको दाबी गरेको छ। अध्ययनका अनुसार सन् २०१० मा २ हजार ६१ जना नयाँ संक्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ। सरकारले एचआइभी संक्रमण रोकथामका लागि कन्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल ९एआरभी० सेवा प्रदान गर्दै आएको छ। 

नेपालमा अहिले एचआइभी संक्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आएको छ। सरकारले सन् २०३० सम्म नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार