२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : २५५ संक्रमित थपिँदा २५६ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १४ गते , मंगलबार
कोरोना अपडेट : २५५ संक्रमित थपिँदा २५६ जना संक्रमणमुक्त

झापा । पछिल्लो २४ घन्टामा देशभर २ सय ५५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ६९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा २ सय ५५ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ भने आज २ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्। 


सम्बन्धित समाचार