२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए २५९ नयाँ संक्रमित, एक जनाको मृत्यु
झापा । पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्।
यस्तै आज १ जना संक्रमितको मृत्यु भएको भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।