२०७८ मंसीर १२ गते , आईतवार

राम कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक

राम कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक :: Times of Pradesh
बिर्तामोड । नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेदवार राम कट्टेल समूहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔँ अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी कट्टेल समूहबाट उम्मेदवार हुने भएका छन् । त्यसैगरी उक्त समूहबाट सहसचिवमा उमाराम प्रसाईँ र पदम लिम्बु उम्मेदवार हुने निश्चित भएको राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

१४ औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि भोलि उम्मेदवारी दर्ता र मङ्सिर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरूले मतदान गर्ने छन् ।


टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment