२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३५१ नयाँ संक्रमित, ९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
कोरोना अपडेट : थपिए ३५१ नयाँ संक्रमित, ९ जनाको मृत्यु

झापा । नेपालमा गत २४ घण्टामा १० हजारबढीको परीक्षण गर्दा साढे ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ८ हजार ७ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार यो अवधिमा २ सय ७३ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ। 

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।  तीमध्ये ६ हजार ८ सय ६९ जना होम आइसोलेसनमा छन् भने ४ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। हाल २ सय २३ जनाको आइसियू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार