२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : थपिए ३८५ नयाँ संक्रमित, ४ जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय ८५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९७ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३ सय ८५ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ४ जना संक्रमितको मृत्यु भएको छ। आज २ सय ५८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार २ सय ६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।