२०७८ मंसीर १२ गते , आईतवार

दमकमा फेरि जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ

दमकमा फेरि जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ :: Times of Pradesh

झापा । झापा जुवा तास खेलिरहेका ६ जना फेरि नगदसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका २ बस्ने मोहन कुमार तामाङको घरमा तास खेलिरहेका अवस्थामा ६ जनालाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी तामाङ, सोही स्थानका ३८ वर्षीय पूर्णप्रसाद सिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिल बहादुर श्रेष्ठ, सोही नगरपालिका ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् । उनीहरूलाई आइतबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनीहरूको साथबाट तीन बुक तास र नगद एक लाख २० हजार ५०० बरामद गरिएको छ । 

पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दमक प्रहरीले दुई दिनअघि मात्र दमक नगरपालिका ४ निवासी ४७ वर्षीय शेर बहादुर कार्कीले सञ्चालन गरेको सेकुवा कर्नर होटेलको कोठामा तास खेलिरहेको विशेष सूचनाको ६ जनालाई  नगद २ लाख ५६ हजार ३५० रुपैयाँसहित पक्राउ गरेको थियो ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment