२०८३ बैशाख २३ गते , बुधबार
देशका ५ जिल्लामा कोरोना संक्रमित शून्य
झापा । देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्। यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।
हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।