२०८३ बैशाख २३ गते , बुधबार

जाडो मौसममा छालालाई नरम र चम्किलो राख्ने यस्ता छन् उपाय

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ४ गते , शनिबार
जाडो मौसममा छालालाई नरम र चम्किलो राख्ने यस्ता छन् उपाय

झापा । जाडो मौसममा छाला सुक्खा हुन्छ। यसबाट जाडोमा अनुहारमा चिल्लोपना हुँदैन र चमक हराउनुका साथै छाला सुक्खा र निर्जीव हुने गर्छ। हिटर ताप्नाले, तातो पानीको धेरै प्रयोग गर्नाले र धुलो धुवाँले छाला बिगार्छ। त्यसैले जाडोमा छालाको धेरै ख्याल राख्नुपर्छ।

छालालाई मोइस्चराइज गर्ने : जाडोमा छाला चम्किलो बनाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मोइस्चराइज गर्नु हो। यसले छालालाई सुक्खा हुनबाट जोगाउँछ। मोइस्चराइजले छाला नरम बनाउँछ। यसका लागि नरिवलको तेल, जैतुनको तेल वा तोरीको तेल प्रयोग गर्न सकिन्छ। प्रशस्त पानी पिउने स् जाडो याममा धेरैजसोले पानी थोरै मात्र पिउँछन्। हाम्रो शरीरबाट पानी कुनै न कुनै रूपमा बाहिर निस्किरहन्छ। यसले गर्दा छालामा पानीको कमी हुन्छ। त्यसैले चिसो मौसममा पनि शरीरमा पानीको कमी हुन दिनु हुँदैन। 

जति धेरै पानी पिउने गरिन्छ छाला त्यति नै चम्किलो बन्छ। यसका साथै झोलयुक्त पदार्थ वा झोलिला पेय सेवन गर्नाले पनि शरीरमा पानीको अभाव पूरा गर्छ। मनतातो पानीले अनुहार धुनु राम्रो स् जाडोमा तातो पानीले नुहाउँदा मांसपेशीलाई आराम मिल्छ तर तातो पानीले छाला सुक्खा बनाउँछ।

मनतातो पानीले अनुहार धुँदा पनि मुहारको छाला सुक्खा र खस्रो हुन्छ। संवेदनशील छाला छ भने तातो पानी अनुहार पटक्कै धुनु हुँदैन। तर पनि धेरै चिसो पानीले अनुहार धुनुभन्दा मनतातो पानीले धुनु राम्रो हुन्छ। रातिको समयमा मोइस्चराइज गर्नु राम्रो स् स्वस्थ छालाका लागि राति सुत्नुअघि मोइस्चराइज गर्नु पर्छ। यसबाट रातमा ७-८ घण्टासम्म छाला मोइस्चराइज हुन्छ र भोलिपल्ट बिहान छाला चम्किलो हुन्छ। एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार