२०८३ बैशाख २३ गते , बुधबार

खरेल प्रवर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत सङ्कलन

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २९ गते , सोमबार
खरेल प्रवर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत सङ्कलन

बिर्तामोड । वशिष्ठ आश्रम खरेल प्रवर्द्धन समिति कोटी होमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो ।

कार्यक्रम संयोजक नवीन खरेलका अनुसार कार्यक्रममा ३१ पिन्ट रगत सङ्कलन भएको छ । छोटो समयको तयारीमा पनि रक्तदाताको उल्लेख्य सहभागिता भएको खरेलले बताए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बिर्तामोडको रहेको थियो ।

सम्बन्धित समाचार