२०८३ बैशाख २३ गते , बुधबार

थपिए ४४६ नयाँ संक्रमित, ७ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १७ गते , बुधबार
थपिए ४४६ नयाँ संक्रमित, ७ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा झण्डै साढे ४ सय कोरोना संक्रमित थपिएका छन्।  ६ हजार ५ सय ७७ जनाको पिसिआर र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाकै कारण ७ जनाको मृत्यु भएको छ । ४ सय ३९ जना संक्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार १ सय २३ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ करोड ६१ लाख नाघेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार